Section 56
निजामती कर्मचारीको सेवाको सुरक्षा
देहायका निजामती कर्मचारीबाहेक अन्य कुनै पनि निजामती कर्मचारीलाई सफाइको सबूत दिने मनासिब माफिकको मौका नदिई निजामती सेवाबाट हटाइने वा बर्खास्त गरिने छैनः–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
(ख) म्यादी पदमा बहाल रहेको,
(ग) भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको पर्याप्त आधार भएको ।
(घ) भ्रष्टाचार आरोपमा अदालतबाट कसुरदार ठहरिएको ।